हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा ५ दलीय गठबन्धनबाट नेकपा एकिकृत समाजबादीका सुकराम केसी विजयी भएका छन् ।

शुक्रबार साँझ सम्पन्न मत गणना अनुसार केसी २ हजार ३२२ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण प्रसाद भण्डारीले १ हजार ३४२ मत प्राप्त गरे ।