बालबालिका राष्ट्रको कर्णधार हुन् । राष्ट्रको पूर्वाधारमा सडक, भवन, पुल मात्र नभै बालबालिका पनि राष्ट्रको पूर्वाधार हो । सन १९८९ मा नेपालले बाल अधिकार भित्राएको र नेपालको संविधान २०७२ सालको धारा ३९ मा बालबालिका अधिकारहरु चिटिक्क पारेर लेखिएको छ, अनि विशेष गरि भाद्र २९ मा भब्यताको साथमा बालदिवस मनाइदै आएको छ । उनीहरुको लागि निःशुल्क शिक्षा, स्वास्थ्य सेवा प्रदान गरिनुपर्दछ भनेर संविधानको धाराहरुमा स्पष्ट व्याख्या गरिएको छ । साँच्चै नै भोली देशलाइ चलाउने भनेको आजको बालबालिका नै हो, सुरक्षित र समृद्ध समाज निर्माणको लागि पनि बालबालिकालाई ध्यानमा राख्नु आवश्यक छ ।

आजको देशको राजनीतिक अवस्थाले पनि बालबालिकालाई प्रत्यक्ष प्रभाव पार्दछ । आजको देशको राजनीतिक गतिविधिको कारणले भोलि देशको अबस्था नाजुक पनि हुन सक्दछ । आज देशमा नियम बनाउन कोहि पनि पछि पर्दैनन्, तर त्यही नियम पालना गर्न भने कोहि पनि अगाडि सर्ने वाला छैन । सहि तरिकाले नेतृत्वकर्ताहरुले नेतृत्व नगरिदिदा के भोलीको दिनमा देश समृद्ध तर्फ लाग्ला त ? राजनीति भनेको सामान्य अर्थमा राज्यलाई सहज तरिकाले चलाउनको लागि बनाइएको सर्वमान्य स्वीकृत नियमहरु हुन, तर त्यही नियम बिपरित रहेर काम गर्दा देशको विकास होला त ? राजनीतिक अवस्थालाई हेर्ने हो, भने एकले अर्कोलाइ बिरोध मात्र गरिएको सजिलै देख्न सकिन्छ, तर एकले अर्कोको राम्रो कामलाई स्वीकार गरिएको अझै देख्न सकिदैन ।

आजको देशको राजनीतिक उथलपुथलले बालबालिकाको मानसपटलमा नकारात्मक असर पर्दछ र उनीहरुले देशको राजनीतिलाई नकारात्मक दृष्टिकोणबाट हेर्न सक्दछन । आजको राजनीतिक अबस्थाले भोलिको राजनीतिक अवस्थालाइ प्रत्यक्ष असर पार्दछ । भोली दिनमा सानो देश सुन्दरताले भरिपुर्ण अनि हिमाको काखमा बसेको देश भन्ने अस्तित्व नै मेटिन सक्दछ । साच्चैनै राजनीतिक अवस्थाले बालबालिकाको मानसपटलमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।

पुनिका तिमल्सिना
थप जानकारी