डिम्याट् खाता खोल्नुका उद्देश्यहरु देहाय बमोजिम छन् :

  •  भौतिक धितोपत्रहरुलाई विद्युतीय पद्धतिमा परिवर्तन गर्न,

  •  नेपाल स्टक एक्स्चेन्जमा भएका धितोपत्रहरुको खरिद – बिक्री कारोबारहरुलाई अभौतिक रुपमा प्राप्त – हस्तान्तरण गर्न,

  • IPO बाट प्राप्त धितोपत्रहरु वा संस्थागत गतिविधि जस्तैः हकप्रद निष्काशन् बोनस निष्काशन्, मर्जर इत्यादिलाई अभौतिक रुपमा जम्मा गर्न,

  •  डिम्याट् खातामा ग्रहण गरेका अभौतिक धितोपत्रहरुको खाताको फाँटवारी प्राप्त गर्न,

  •  डिम्याट् खातामा भएको धितोपत्रहरुको धितो सम्बन्धी बन्धकी राख्न

  • डिम्याट् खातामा भएका धितोपत्रहरुको  पुनःभौतिकीकरण गर्न ।                                                                 Source: cdsc.com.np