हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिदा मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ८ सतपुरका ३२ बर्षीय सुरेन्द्र मोक्तान घाइते भएका छन् ।

सोमबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी–९ रजैयामा मनहरी बजारतर्फ बाट हेटांैडा जाँदै गरेका मोक्तान सवार बागमती प्रदेश ०२–०३१ प ५९०० नम्बरको मोटरसाईकललाई विपरीत दिसाबाट आउँदै गरेको यूपी ५२ बि बि ९९१० नम्बरको कारले ठक्कर दिदा उनी गम्भीर घाइते भएका हुन ।

गम्भीर घाइते उनको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा उपचार संभव नभएपछि थप उपचारका लागि चितवन स्थित सिएमसी अस्पताल पठाइएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । ठक्कर दिने कार तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

तस्विरः गणेश दर्पण अधिकारीको फेसबुक वालबाट