File photo
File photo

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं.२ सुलिकोटमा एक घरमा आगलागी भएको छ । सोमबार साँझ ६ बजे स्थानीय ६८ बर्षीय चन्द्र बहादुर वाईवाको काठ, ढुङ्गामाटोले बनेको दुई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार अचानक बिजुली सर्ट भएर घरमा आगलागी भएको र ग्यास सिलिण्डर समेत पड्किएको हो । स्थानीय र प्रहरीको सहयोगमा करिब डेढ घण्टा अर्थात साँढे ७ बजे घरमा लागेको आगो पुर्णरुपमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

मानविय तथा चौपयाक्षति भएको छैन भने आगोलागीबाट घर पुर्णरुपमा क्षेति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको अन्नपात, भाडा वर्तन, लत्ताकपडा, एक तोला सुन र नगद ३० हजार गरी करिब ७ लाख बराबरको क्षेति भएको प्रहरीको अनुमान छ ।