हेटौंडा । नेकपा (एकीकृत समाजवादी)को मेची–महाकाली समाजवादी जागरण अभियानको टोली भोलि शुक्रबार हेटौंडा आइपुग्ने भएको छ ।
आज नेकपा एसको मकवानपुर जिल्ला कमिटीले पत्रकार सम्मेलन गर्दै गत १४ असोजबाट सुरु भएको १५ दिने मेची–महाकाली अभियानको टोली भोलि यहाँ आइपुग्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहालले अभियानको टोली भोलि हेटौंडा आइपुग्ने र बिहान १०ः३० बजे हेटौंडामा सिमा चोकमा जनसभाको आयोजना गरिएको बताए । उनले कार्यक्रमको तयारी पूरा भएको बताए । उनले जनसभालाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टीका नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताए ।












प्रतिक्रिया दिनुहोस्