हेटौंडा । बागमती प्रदेशसभाको बर्षे (बजेट) अधिवेशन अन्त्य हुने भएको छ । बर्षे अधिवेशन मंगलबार रातिबाट अन्त्य हुने भएको हो ।

मंगलबार बसेको मन्त्री परिषद बैठकले प्रदेश सभाको बर्षे अधिवेशन आज असोज २३ गते राती १२ बजेदेखि अन्त्य गर्नको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषदद्वारा २ वटा कार्यविधि स्वीकृत गरेको छ । बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यविधि २०८० र चेपाङ बनकरिया माझी बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम (मकवानपुर, चितवन र धादिङ) सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले ४ प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।