हेटौंडा । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई दिइएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिएका छन् ।

लामाले २०८० कार्तिक ४ शनिवारदेखि मुख्यमन्त्री जम्कट्टेल नआएसम्मको लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिएका छन् ।