हेटौंडा । मकवानपुरको इन्द्रसरोबरमा मंगलबार बिहान टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । इन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर ५ मकैबारीमा आज विहान ३ बजेर ३५ बजेको समयमा सुमो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको कुलेखानी मातातिर्थ हुँदै वीरगंजबाट काठमाडौंतर्फ जादैँ गरेको मधेश प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका वडा नम्बर–२१ का २५ वर्षीय अनिल कुमार शाह रहेका छन् । यस्तै घाइते हुनेमा भारतको जानकी चापा छत्तिसगढकी २५ वर्षीया रचना कुमारी सूर्यवंशी, सोही स्थानकी ३५ बर्षकी गंगा देवी सूर्यवंशी, ३० बर्षकी मधु सूर्यवंशी, ३७ बर्षको ईन्द्र सेन, ३१ बर्षकी रितु सूर्यवंशी, २९ बर्षकी सरोजनी देवी, ११ बर्षकी प्रतिभा सूर्यवंशी, २ बर्षकी दिब्या सूर्यवंशी, ४ बर्षको प्रतिक सूर्यवंशी, ३१ बर्षको बिजय कुमार सूर्यवंशी, ३५ बर्षको अजय कुमार सूर्यवंशी र नाम थर नखुलेको ६० वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार गरी उपचारको लागी काठमाडौं पठाइएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।