हेटौंडा । कुलेखानी, फाखेल, हुमाने, फर्पिङ्ग सडक खण्ड हुँदै काठमाडौं जाने सडक दुई महिना बन्द हुने भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले शुक्रवार सूचना जारी गर्दै सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य निरन्तर चलिरहेकोले सडक बन्द रहने बताइएको छ ।

पुस १६ गतेदेखि फागुन १५ गतेसम्म सम्पूर्ण सवारी साधनहरू पूर्ण रुपमा आवतजावत बन्द रहने र सवारी साधनहरू अन्य बैकल्पिक सडकको प्रयोग गरी आवागमन गर्न सुचना प्रकाशित गरिएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए ।