हेटौंडा । मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३६ औं वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ ।

मकवानपरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम भएको हो ।

वार्षिकोत्सवको अवसरमा संस्थाले गरेका विभिन्न गतिविधीहरुको प्रचारप्रसार गराई संस्थाको लोकप्रियता बढाउन योगदान गरेकाले सञ्चारकर्मीहरुलाई सम्मानित गरिएको थियो । संस्थाले सञ्चारकर्मी भीमसेन पौडेल, एमपी शर्मा पौडेल र श्रीराम अर्जुन दाहाललाई सम्मानित गरेको छ ।

यसैगरि आव.०७९÷०८० मा सबै भन्दा बढी दूध विक्री गर्ने मुकुन्द प्रसाद दाहाल, नरेन्द्र लम्साल र अर्जुन प्रसाद दाहाल,असली ऋणी सुनिता अधिकारी र बढी कारोवार गर्ने राम प्रसाद घिमिरेलाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा मकवानपुरगढी–३ का वडा सदस्य विदुर हुमागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरका अध्यक्ष हरि कँडेल, संस्थाका संस्थापक अध्यक्ष हरि प्रसाद अधिकारी, पूर्व अध्यक्ष कृष्ण प्रसाद पोखरेल,श्रमिक साना किसान कृषि सहकारीकी अध्यक्ष निर्मला लम्साल, कालीदेवी दुग्ध सहकारीका अध्यक्ष विक्रम योन्जन, टावरडाडाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शत्रुघन दुलाल, सिर्जनशिल समाज सहकारीकी ब्यवस्थापक विमला न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाले दुग्धजन्य पदार्थलाई विविधिकरण गरि विक्री गर्दै आएको छ । संस्थाले आफनै कार्यालयबाट र हेटौडा–२ मा विक्री केन्द्र स्थापना गरि दूध, दहि, पनिर, घीउ, मोई र बटर उत्पादन गरि सरल मूल्यमा विक्री गर्ने गरेको छ । ३ सय ४८ जना शेयर सदस्य ११ जना कर्मचारी रहेको संस्थाले दैनिक ५ हजार लिटर दूध संकलन गर्दै आएको ब्यवस्थापक शशी लम्सालले बताईन ।