हेटौंडा । दुध डेरीको हब बनाउने उदेश्यले राक्सिराङ्ग गाउँपालिकाले किसान उन्नत जातको गाई वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच राक्सिराङ्ग गाउँपालिका ३ का गाइपालक किसानहरुलाई उन्नत जातका १० वटा जर्सी गाई वितरण गरेको हो ।

उन्नत जातको गाईपालन अनुदान कार्यक्रम अन्तर्गत राक्सिराङ्ग वडा नम्बर ३ का १० जना किसानहरुलाई गाई वितरण गरिएको छ । ३ नम्बर वडा गाईबस्तु पालन गर्न उपयुक्त स्थान रहेको बताउनु हुँदै गाउँपालिका अध्यक्ष राज कुमार मल्लले दुध लगायत दुधबाट बनेका अन्य सामग्रीहरु बजारीकरण गर्न सजिलो हुने बताए ।

उन्नत जातका गाईबाट नश्लसुधार गरि सबैलाई जीवन निर्बाह गराउने र बजार व्यबस्थापन दिगो बनाउने उनले बताए । त्यस्तै थप अन्य प्रोत्साहनहरु समेत रहने बताए । किसानको मागलाई ध्यानमा राखी ठाउ अनुसारको पकेट क्षेत्र बनाउदै जाने योजना रहेको छ । मौरी, चिउरी, गाई, बाख्रा, तरकारी लगायतको पटक क्षेत्र बनाउदै लैजाने बताए ।

वितरण गरिएको गाईको पूर्ण बिमा रहेको छ । कुनै आवश्यक समस्या परेमा पशुपन्छी विकास शाखालाई खबर गर्न भनिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, वडा नम्बर ३ को अध्यक्ष उत्तम वाईबा, सचिब भावना कडेल लगायतको आतिथ्यता रहेको थियो ।