हेटौंडा । बकैया गाउँपालिका वडा नं. ६ ठुलोसुधामा शनिवार साँझ भिरबाट लडेर बालिकाको मृत्यु भएको छ । स्थानीय ८ बर्षिय पूर्णिमा भोम्जनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरबाट निस्किएर बाहिर हिडेकी पूर्णिमा निकैबेर घर नफर्केपछि खोजतलासको क्रममा भिरबाट लडेर मृत अवस्थामा फेला परेको थियो । आफ्नै घरदेखि अन्दाजी २ सय मिटर पश्चिममा रहेको बाघ भैरव सामुदायीक वनको सुधाभिरबाट लडि मृत अवस्थामा पूर्णिमा फेला परेकी थिइन् ।

पूर्णिमाको मानसिक अवस्था ठिक नभएको परिवारले जानकारी दिएको प्रहरीले जनाएको छ । शव हेटौँडा अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।