हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारी कार्यालयमा स्वदेशी काठ प्रयोग गर्न सुझाव दिएका छन । नेपालको वनमा काठ कुहिएर खेर गइरहेको अवस्थामा विदेशबाट अरबौँको काठ आयात गर्नुपरेकाले स्वदेशकै काठ प्रयोग गर्न उनले सुझाव दिए ।

वन तथा वातावरण मन्त्रालयको तेश्रो त्रैमासिक प्रगति समीक्षा एवम् योजना तर्जुमा गोष्ठीलाई मङ्गलवार हेटौँडामा सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले वन मन्त्रीले अगाडि बढाएको वन मन्त्रालय र मातहतका कार्यालयमा स्वदेशी काठनै प्रयोग गर्ने योजना सकारात्मक रहेको भन्र्दै प्रशंसा गरे । विगतमा धेरै छलफल गर्यौ, हामी त्यो योजनामा पुग्न सिकेनौं, तर अहिले हामी त्यो योजनामा पुग्र्नै पर्छ,–मुख्यमन्त्रीले भने ।

दिगो वन व्यवस्थापनलाई हामीले राम्रो सँग कार्यान्वयन गर्नुपर्नेमा जोड दिर्दे डिभिजन वर्गीकरण भएपनि कामको आधारमा पनि वर्गीकरण गर्न आवश्यक रहेको औंल्याए । रसुवा र मकवानपुर डिभिजनले गर्ने काम एउटै नभएको बताउँदै उत्पादनसँग जोडेर वनलाई सदुपयोग गर्न नीतिमा जानुपर्नेमा जोडदिए । वनमा रहेको बहुमूल्य जडिबुटीहरू खेरगइरहेको अवस्थामा त्यसलाई संकलन गर्नपनि लाग्नुपर्ने उनको भनाई छ ।

प्रदेश राष्ट्रिय वन संशोधन गर्न आवश्यक भए संशोधनको तयारीमा जुट्न उहाँले निर्देशन दिए । ऐन, कार्यविधिले काम गर्न अप्ठेरो परेको खण्डमा तुरुन्तै संशोधन प्रक्रियामा जान सक्ने अवस्था रहेको बताए । उनले ४० प्रतिशत सामुदायिक वनले नवीकरण नगर्ने समस्या जटिल खालको रहेकाले मर्ज गर्ने बिषयमा छलफल गर्नुपर्नेमा जोड दिए । सानो–सानो स्तरका सामुदायिक वन दर्ता भएर नवीकरण नभएको अवस्थामा मर्ज गर्ने नीति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिर्दै वन व्यवस्थापन र संरक्षणको सवालमा स्थानीय स्तरमा बनेका वन समितिले महत्वपूर्ण योग्दान गरेको उनको भनाई छ ।

वातावरण प्रभाव मल्याङ्कन रिपोर्ट विनै बनभित्र ठुल्ठुला योजना निर्माण गर्दा समस्या आइपरेको उनले बताए । वन क्षेत्रभित्र संरचना निर्माण गर्दा आवश्यक समन्वय सहित वातावरणीय प्रभाव मल्याङ्कन गरेर मात्रै बजेट बिनियोजन गर्ने अवस्थामा जाने उहाँले स्पष्ट पारे ।