हेटौँडा । मकवानपुरको बकैयामा एक मजदुर लडेर गम्भीर घाइते भएका छन ।

बकैया–४ अजिंगरेमा घरको एकतला माथिबाट खसेर भारत रक्सौल घर भएका ३५ वर्षिय विकासकुमार गम्भीर घाइते भएका हुन ।

उनको टाउको र छातीमा गम्भिर चोट लागेका छ भने हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ पठाइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।