हेटाैँडा ।  हेटाैँडा-२  सिद्वार्थ पथमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे नवाै वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य एवम संस्थाका शेयर सदस्य हिमाल पाैडेलकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष भाेजमान श्रेष्ठकाे सभाध्यक्षतामा साधारणसभा भएकाे हाे ।

साधारणसभामा संस्था अध्यक्ष श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव डा. गेपीराम बन्जराले प्रगति प्रतिवेदन, काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले आर्थिक प्रतिवेदन र लेखा संयाेजक चन्द्रावती पनेरुले लेखा समितिकाे प्रतिवेदन र सहसचिव रेनु गुरुङले ऋण उपसमितिकाे प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा असली बचतकर्ता श्यामबहादुर महत, तुलसी बलामी, असली काराेवारी झम्कमाया सिलवाल ज्ञानेन्द्र माेक्तान, ज्येष्ठ शेयर सदस्य सितादेवी दुलाल, सञ्चारकर्मी सुरेश श्रेष्ठलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियाे । यसैगरी संस्थाका ब्यवस्थापक विश्वराज अर्याल र कर्मचारी सरिला गुरुङ, उत्कृष्ट विधार्थी मनिक तिमल्सिनालाई पनि साधारणसभामा नगद पुरस्कार सहित सम्मान गरिएको थियाे ।

साधारणसभामा संस्थाका पूर्व अध्यक्ष विष्णुप्रसाद अधिकारी, ॐ आराेग्य सहकारीका अध्यक्ष एवम संस्थाका शेयर सदस्य विके महर्जन, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवम शेषर सदस्य उदय बिडारी, कानूनी सल्लाहकार केशव प्रसाद गाैतम लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

संस्थाकाे शेयर पूजी १ कराेड ३९ लाख, निक्षेप ६ कराेड ८२ लाख, ऋण लगानी ४ कराेड ९७ लाख र जगेडा काेष १ कराेड ३ लाख रहेकाे संस्थाले जनाएको छ । संस्थामा ९ सय ८० जना शेयर सदस्यहरु आवद्व रहेका छन ।

भीमसेन पौडेल
थप जानकारी