हेटाैँडा । पूर्वपश्चिम सडक खण्डको मनहरीबाट चितवन तर्फ जाने क्रमा रहेको मधेश प्रदेश ०३–०४० प ९४६९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउने क्रममा रहेको ना ७ ख ४६६० नम्बरको ट्याङ्कर आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक रौतहटको गुजारा नगरपालिका कनकपुर बस्ने २६ वर्षीय शेष असफाक र सोही स्थानका २३ वर्षीय महम्मद इसाद रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुबैको उपचार पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भइरहेको ट्रकसहित चालक गैँडाकोट नगरपालिका १ भेडाबारी बस्ने ४३ वर्षीय किरण चौधरीलाई नियन्त्रणमा राखिएको छ ।












प्रतिक्रिया दिनुहोस्