हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।
अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा विभागले उनीमाथि सोमबारबाट अनुसन्धान सुरु गरेको हो । कांग्रेसका नेता एवं बागमती प्रदेशका सभापति समेत रहेका बानियाँको काठमाडौंको नक्साल र सुन्धारा तथा हेटौंडा-५, पिप्लेस्थित घर–कार्यालयमा एकैपटक विभागले छापा मारेको प्रहरीले पुष्टि गरेको छ ।
बानियाँको हेटौँडा–५ स्थित पिपलेको घरमा विभागका चारजना कर्मचारी र तीनजना प्रहरी पुगेको स्रोतको भनाइ छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउन आइतबार नै आग्रह गरेको जनाइएको छ ।
प्रहरीले सादा पोशाकमा समेत आवश्यक जनशक्ति परिचालन गरेको थियो । उनी ‘क’ वर्गको निर्माण व्यवसायी हुन् । उनको बानियाँ निर्माण सेवा कम्पनी रहेको छ । प्रहरी स्रोतका अनुसार उनको छोराको सेयरको ठूलो कारोबारी समेत हुन् ।












प्रतिक्रिया दिनुहोस्