हेटौँडा ।  मकवानपुरको कैलाश गाउँपालिकाले  १८औँ गाउँसभाको अवसरमा गाउँपालिकाले १० जना चेलीलाई नगदसहित सम्मान गरेको छ।

सम्मानित हुनेमा वडा नम्बर २ की मुना चेपाङ, वडा नम्बर ४ की शान्तिमाया मुक्तान, वडा नम्बर ६ की सावित्री अधिकारी तथा वडा नम्बर ९ का संगीता घलान, आरती उप्रेती, सविना बर्तौला र अनिषा थापा रहेका छन्। त्यसैगरी, वडा नम्बर १० की फूलमाया गोले, सुनिता स्याङ्तान र विनिता स्याङ्तान पनि सम्मानित भएका छन्।

गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने चेलीलाई प्रोत्साहनस्वरूप सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ। अध्यक्ष मुक्तानका अनुसार बालविवाह न्यूनीकरण, किशोरी शिक्षामा प्रोत्साहन तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।