हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ७५ लाख २३ हजार १२० रुपियाँ बराबरको बजेट ल्याएको छ। गाउँपालिकाको १४ औँ गाउँसभाको प्रथम बैठकमा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीद्वारा प्रस्तुत बजेटमध्ये ४३ करोड ९० लाख २३ हजार रुपियाँ (६०.३५ प्रतिशत) चालु खर्च र २८ करोड ८५ लाख रुपियाँ (3९.६५ प्रतिशत) पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
बजेटको स्रोतमा सङ्घीय सरकारबाट ३५ करोड ४५ लाख, प्रदेश सरकारबाट पाँच करोड ४५ लाख ३४ हजार र राजस्व बाँडफाँटबाट २२ करोड १९ लाख ९४ हजार १२० रुपियाँ प्राप्त हुनेछ। आन्तरिक आय र गत वर्षको मौज्दातबाट आठ करोड ८३ लाख ९५ हजार रुपियाँ प्राप्त हुने अनुमान छ।
जिल्लाको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, इन्द्रासरोवर गाउँपालिका, बागमती गाउँपालिका र भीमफेदी गाउँपालिकाले यसअघि नै बजेट ल्याइसकेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये अब राक्सिराङ गाउँपालिकाले मात्र नीति, कार्यक्रम र बजेट ल्याउन बाँकी रहेको छ।












प्रतिक्रिया दिनुहोस्