हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६ चौघडास्थित नवजीवन ज्योति क्लबले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
क्लबले हेटौँडा–६ स्थित कालीपोखरी कृषि सडकको दायाँबायाँ एक सय कल्की फूलका बिरुवा रोपेको जनाएको छ।
रानी सामुदायिक वनका अध्यक्ष केशव धितालको प्रमुख आतिथ्य तथा क्लबका अध्यक्ष राजकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वृक्षरोपण गरिएको हो।
कार्यक्रममा क्लबका उपाध्यक्ष जनक शर्मा, सचिव राजकुमार फुयाल, रानी सामुदायिक वनका सदस्य सूर्यप्रसाद दुलाल, क्लबका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
क्लबले यस्ता वातावरणमैत्री कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्