हेटौँडा। शान्तिटोल टोल विकास संस्था र रानी सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–६ द्वारा निर्माण गरिएको राधाकृष्ण मन्दिरको उद्घाटन बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले गरेका छन् ।
मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आफू सदैव क्रियाशील रहने बताउँदै प्रदेश सभा सदस्य श्रेष्ठले स्थानीयवासीको प्रयासले यस क्षेत्रको धार्मिक महत्व बढ्दै गएको बताए । आफू यस क्षेत्रको प्रदेश सभा सदस्य भएकाले आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा सहयोग गर्नु कर्तव्य भएको बताउँदै उनले आगामी दिनमा बजेट विनियोजनका क्रममा यस क्षेत्रलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा राधाकृष्ण मन्दिर निर्माण समितिका अध्यक्ष पूर्णभद्र चौलागाईंले मन्दिर निर्माणका क्रममा भएको आम्दानी तथा खर्चको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौँडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर राना, हेटौँडा–६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाईं, मकवानपुर अध्यक्ष साधुराम चौलागाईं, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष वासुदेव खतिवडा, नौलो विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, वंशगोपाल बहुमुखी क्याम्पसका अध्यक्ष विश्वराज राई, सिर्जना टोल विकास संस्थाका अध्यक्ष जीवकुमारी पौडेल, गुप्तेश्वरी टोल विकास संस्थाका अध्यक्ष नानीमाया रुम्बा, रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष केशव कोइरालालगायतको उपस्थिति रहेको थियो । शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्