मकवानपुर निर्वाचन क्षेत्र नं. १ मा लौरो अभियान भुसको आगो झै सल्किएको छ । बिदेशिएका युबाले घरमा रहेका आफ्ना मतदातालाई लौरो चुनाव चिन्हमा मतदान गर्न अनुरोध गरिरहेका छन, अहिले ।

हरेक घर परिवार भित्र युबा तथा बिद्यार्थीहरुले लौरोमा मतदान गर्न अभिभावकहरुलाई मनाउँदै छ्न, चिया चौतारोदेखि सडक सम्म नो नट अगेनको चर्चा चलेको छ । पुराना राजनीतिक दलहरुदेखि वाक्क भएका जनतालाई ठुला दलहरुले दिएको एयरपोर्ट, सुरुङ मार्गका भाषणाहरु मजाकको रुपमा मतदाताले लिएका छन् भने जनताको जिवन चर्यामा आधारित कुराहरु शिक्षा, स्वास्थ्य, रोजगार, भ्रष्टाचार नियन्त्रण, बन्द उद्योग संचालन गरि विद्यार्थीहरुलाइ पार्ट टाइम रोजगारी दिदै ब्यबहारिक शिक्षा मात्र होइन किसानलाई समयमा मल बीउ उपलब्ध गराउँदै बाँझो जमिनमा सिचाई जस्ता कुरा मुख्य रुपमा उठाउनु मात्रै होइन मकवानपुरको ७८ कि मि मा रहेको बागमतीबाट पीडित जनतालाई न्याय स्वरुप क्षतिपूर्तिको आवाज पहिलो पल्ट लौरो अभियानले उठाएको छ ।

सार्वजनिक जग्गा संरक्षक गर्दै भूमिबिहिनलाई जोतपोतको अधारमा लालपुर्जाको लागि प्रष्ट धारणा मात्रै होइन गाँजा लगायत जडिबुटीलाई बैधानिक गरि प्रशोधन उद्योगहरु मकवानपुरमै स्थापना गराई रोजगारीको सृजना गर्ने जस्ता एजेन्डाहरुनै मकवानपुर क्षेत्र नं. १ का लौरो चुनाब चिन्ह लिएका उम्मेदवारहरु बिजयी हुने आधार देखिन्छ ।

अब चर्चा गरौ लौरोको मतदाता को हुन ?


यो प्रश्नको जवाफ खोज्दा दलहरुदेखि वाक्क भएका अघिल्ला चुनाबमा तिनै दलहरुलाई पटकपटक मतदान गरेका जनता हुन जस्ले ती दल बाट धोका मात्रै पाए भने नयाँ मतदाताहरु आफ्नो पहिलो मतदाननै परिबर्तनको लागि लौरोमा गर्ने मनस्थितिमा छन्, हरेक युबा जो स्वदेश तथा बिदेशमा रहेका छन्, मकवानपुरमा लौरोमा मतदान गराउन अनुरोध गर्दैछन् । यो पटक हजुरबुबा पुस्ता अनि बा पुस्तालाइ लौरोमा मतदान गराउन बिद्यार्थीहरु पनि लागेका छन्, आफ्ना सन्ततिको भबिष्यलाई हेरेर मत परिबर्तन गर्ने मनस्थितिमा धेरै मतदाता पुगेका मात्रै छैनन । दलहरुको आपसी गठबन्धन नेताहरुको स्वार्थका लागि भएको बुझ्ने हरेक इमान्दार कार्यकर्ताहरु अर्को बिपरित धु्रवका पार्टीलाई मत दिएर आफ्नो पार्टी जिल्लामा कमजोर बनाउनु भन्दा स्वतन्त्र लौरोमा मतदान गर्नु उपयुक्त देख्छन् भने युबा उम्मेदवारले कहिल्यै अवसर नपाएको अबस्थामा लौरोको स्वतन्त्र युबा उम्मेदवारलाई बिजयी गराई आफ्नै पार्टीको नेतृत्वलाई सच्चिने शिक्षा दिन चाहन्छ्न ।


पुराना राजनीतिक दलहरुदेखि वाक्क भएका जनतालाई ठुला दलहरुले दिएको एयरपोर्ट, सुरुङ मार्गका भाषणाहरु मजाकको रुपमा मतदाताले लिएका छन् भने जनताको जिवन चर्यामा आधारित कुराहरु शिक्षा, स्वास्थ्य, रोजगार, भ्रष्टाचार नियन्त्रण, बन्द उद्योग संचालन गरि विद्यार्थीहरुलाइ पार्ट टाइम रोजगारी दिदै ब्यबहारिक शिक्षा मात्र होइन किसानलाई समयमा मल बीउ उपलब्ध गराउँदै बाँझो जमिनमा सिचाई जस्ता कुरा मुख्य रुपमा उठाउनु मात्रै होइन मकवानपुरको ७८ कि मि मा रहेको बागमतीबाट पीडित जनतालाई न्याय स्वरुप क्षतिपूर्तिको आवाज पहिलो पल्ट लौरो अभियानले उठाएको छ ।

अहिले गाउँ गाउँका महिलाहरु सचेत भैसकेका छन् । उम्मेदवारहरुको घर घरमा चुलो बालिदिन्छु भन्ने आश्वासनलाई हासोमा उडाउँदै उनीहरु पनि आफ्ना बिदेशिएका श्रीमान, छोरा देशमै रहने वातावरण बनोस् भन्ने चाहनाका साथ आफ्नो मत लौरोमा हाल्ने तयारीमा देखिएका छन् ।

निर्वाचन अगाडि माहोल देखाउन आफैले दिन लगाएको उम्मेदवारी फिर्ता गराई समर्थनको नाटक गर्ने, दैनिक ज्याला, खाना, पेट्रोल दिएर हुल देखाउने र मतदातालाई प्रभावित गर्न खोज्ने परिपाटी र नियोजित फैलाइने भ्रमहरुबाट मतदाता सचेत छन् । त्यस्कोे सट्टामा कतैं सानो संख्यामा त कतै एकलै भोट माग्दै जनताका समस्या सुनिरहेका नयाँ उम्मेदवारलाई खरो सवाल जवाफ गर्दै पुराना नेता जस्तो नबिग्रन चेतावनी दिदै मत परिबर्तन गर्ने वचन समेत आम जनता लौरोका उम्मेदवारलाई दिइरहेका छन् ।

मतदान आफैंमा गोप्य हुने हुँदा निर्धक्क नयाँ अनुहारलाई हल्ला नगरी मतदान गर्ने बताउँनेमा पुरानै पार्टीका सक्रिय कार्यकर्ता समेत छन । यो पटक मकवानपुर निर्वाचन क्षेत्र नं. १ का मतदाताको अठोट छ, हामी पुरानै धोकेबाज दलहरूलाई मत दिदैनौ यो पटक लौरोका उम्मेदवारहरुलाई परिक्षण गर्छौ, आ–आफ्नो मत दिएर तर ति उम्मेदवारले हर्क अनि बालेनझै काम गरून् आफ्नो आवाज सदनमा घन्काउन भन्ने तिव्र अभिलाषा समेत उनीहरुले बोकेका छन् ।

सन्दिप न्यौपाने
थप जानकारी