हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ८ र बकैयाको वडा नंबर १२ को सिमानामा रहेको डब्लु डाँडामा पर्ने लटरम्मेश्वर मन्दिर परिषरमा माघे संक्रान्ति मेलाभर्न जानेहरुको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष माघ १ गते लाग्ने मेलामा यो पटक करिब पाँच हजारको संख्यामा भक्तालुहरु मेला भर्न गएको भीमफेदी गाउँपालिका वडा नंबर ८ का वडाध्यक्ष विष्णु लामाले जानकारी दिए । संक्रान्तिको अघिल्लो दिनबाट लाग्ने मेला भोलिपल्ट समापन भएको थियो ।

मेलाको समापन समारोहमा बोल्दै भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले लटारम्मेश्वर महादेव मन्दिर क्षेत्रलाई नेपालकै चर्चित पर्यटकीय क्षेत्र बनाएर लगिने प्रतिवद्धता ब्यक्त गरे । गाउँपालिकाले यो वर्ष मन्दिर क्षेत्रको पूर्वाधार विकासको लागि ४० लाख रुपैँया विनियोजन गरेको उनको भनाई रहेको छ ।