हेटौंडा । मकवानपुरगढी–४ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा शर्कलाल लो निर्वाचित भएका छन ।

शुक्रवार भएको निर्वाचनमा लो ले १३ मतको फरकमा चुनाव जितेका हुन । लो ले ११० मत पाएर निर्वाचित भएका हुन भने उनका निकटतम प्रतिद्धन्ती तारा प्रसाद देवकोटाले ९७ मत पाए । निर्वाचनमा कुल २ सय २३ मतदाता मध्ये २ सय १३ मत खसेको निर्वाचन समितिका संयोजक बलराम अधिकारीले बताए ।

समूहको उपाध्यमा बलराम हुमागाई, सचिवमा सुमित्रा पाख्रिन, सहसचिवमा लक्ष्मी तिमल्सिना र कोषाध्यक्षमा शान्ति घलान निर्विरोध निर्वाचित भएका छन । यसैगरी सदस्यहरुमा लक्ष्मीमाया भुलुन, धनमाया महर्जन, शान्ति गोले, श्रीकृष्ण तिमल्सिना, पञ्च बहादुर परियार र ज्योति सुवेदी चयन भएका छन । निर्वाचन सम्पन्न गर्न सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी संयोजक भोजराज चापागाई र बालकृष्ण तिमल्सिना सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

१ सय १३ हेक्टर क्षेत्रफमा फैलिएको सामुदायिक वनमा ३ सय ७९ घरधुरी आवद्ध रहेको कार्यालय सचिव होम बहादुर मुक्तानले बताए ।

भीमसेन पौडेल
थप जानकारी