हेटौंडा । हेटौंडाका लोकप्रिय गायक कमल के क्षेत्रीको आवाजमा रहेको लै बरी लै (तिम्रो न्यानो काखमा) बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

म्यूजिक भिडियो कमल के क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो ९ मिनेट ५५ सेकेन्डको रहेको छ । म्यूजिक भिडियोमा वियोगान्त प्रेम कथा देखाउन खोजिएको छ ।

म्युजिक भिडियोमा युवराज केशरी र सविना राउतको अभिनय रहेको छ । गितको शब्द संगित विकास पाण्डेको रहेको छ भने म्यूजिक भिडियोको छायाङकन तथा सम्पादन विकास गुरुङले गरेका छन ।

यसअघि कमल के क्षेत्रीले “आई लव यु ‘नाचन’, ‘तिम्रै मायाँले’, ‘पिपल पाते’, ‘मेरो माया’जस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् । युवाहरुको धड्कनमा बस्न सफल कमल के क्षेत्रीको यो गित पनि पक्कै संगित प्रेमीहरुमा छाउने छ ।