हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । इन्द्रसरोबर गाउँपालिका वडा नं. २ डाँडाघरका ५३ बर्षिय तिर्थ लामाको भिरबाट लडेर मृत्यु भएको हो ।

छिमेकीको बिहेबाट घर फर्कने क्रममा लामाको अन्दाजी ४० मिटर तल भिरमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घट्नाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।