हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानको अध्यक्षमा केशवलाल श्रेष्ठ सर्वसम्वत चयन भएका छन । शनिबार हेटौंडामा भएको साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा श्यामकुमार बानियाँ, महासचिवमा छवि अनित्य, सचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा माधव पोखरेल चयन भएका हुन । यस्तै प्रतिष्ठानको सदस्यमा विकेशलाल श्रेष्ठ, विनिता महत, प्रलय चौलागाई, गोपिनी गौतम, रमेश गहतराज र पुरणविक्रम अधिकारी चयन भए ।