हेटौंडा । नेकपा एमाले बागमती गाउँपालिका संसदीय दलको नेतामा इन्द्र मणी तिमल्सिना (केशव) चयन भएका छन । नेकपा एमाले बागमती गाउँपालिकाको जनप्रतिनिधिको भेलाले उनलाई संसदीय दलको नेता चयन गरेको हो ।

बागमती गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टेक बहादुर डिम्डुङको प्रस्ताव तथा वडा नं. ९ का वडा अध्यक्ष पुनराम घलानको समर्थनमा संसदीय दलको नेतामा केशव सर्वसम्वत चयन भएका हुन । उनी बागमती गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष एवं रेडक्रसकर्मी पनि हुन ।

नेकपा एमाले केन्द्रीय सदस्य कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको भेलामा प्रदेश कमिटी सदस्य देवराज रिमाल, दिल बहादुर घिसिङ लगायतकाको उपस्थिती रहेको थियो ।