धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

२०८० सालमा धनु राशि हुनेहरूका लागि शुभ र सुखदायी रहनेछ । अधुरो कार्यले पूर्णता पाउनेछ । आँटेको र ताकेको काम पूरा हुनसक्नेछ । शनि र बृहस्पतिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । कसै कसैका लागि सन्तान सुख मिल्नेछ । घरमा शुभकार्यको र धार्मिक यात्राको योग पनि रहनेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । वैदेशिक यात्रा तय हुनेछ, तर विश्वासिलो व्यक्तिसँगको सम्बन्धमा नचाहँदा नचाहँदै चिसोपना आउनसक्छ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार व्यवसायमा लगानी गर्नु फलदायी नै रहने छ । घरजग्गा, प्रविधि, शैक्षिक क्षेत्र र शेयर कारोबार राम्रो रहनेछ । खाद्यान्नमा गरेको लगानीले भने त्यति राम्रो नरहन सक्छ । आर्थिक दृष्टिले जेठ, असोज र कात्तिक महिना बलियो रहनेछ भने असार र माघ महिना कमजोर रहनेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष धनु राशिका जातकहरू यदि प्रेममा परेका छन् भने आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि पाउन सक्छन् । साउन र माघ महिनामा तपाईंलाई कसैले मन पराउन सक्छन् र टाढिएका मित्रसँग पुन: सम्बन्ध गाँसिन सक्छ । घरपरिवारसँग सम्बन्ध भने त्यति राम्रो नहोला ।

शिक्षा
यो वर्ष अध्ययन र अध्यापनको लागि राम्रो रहेको छ । अड्कीएका विषय उत्तीर्ण गर्न सकिनेछ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ । व्यवस्थापन, कलाकारिता र इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने । शिक्षाको लागि देश विदेशको यात्रा पनि तय हुनेछन् ।

पेशा/रोजगार
प्राविधिक, घरजग्गा, स्वास्थ्य, र निर्माणका विषयमा आवद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन् । वैदेशिक जागिर, सञ्चार, शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । पुँजी बजार, खाद्यान्न र दलाली भने कमजोर हुनसक्छ ।

स्वास्थ्य
स्वास्थ्य सामान्य नै रहनेछ । आफ्नो तथा घरपरिवारको औषध उपचारमा खर्च बढ्नसक्छ । शीर्षपीडा तथा हड्डीको समस्या पनि बढ्ला, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित हुनेछ ।

शुभ रङ्ग
आकाशे, गुलाबी, पहेँलो र निलो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ४, ७, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
सोमबार शिवजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । गौ सेवा या वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । प्रत्येक दिन निमुखा प्राणी तथा चराचुरुङ्गीलाई खानेकुरा दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

साभारः हाम्रो पात्रो