मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

मकर राशि भएका व्यक्तिहरूका लागि यो वर्ष माध्यम फलदायी नै रहनेछ । राहु शुभ रहनाले आरोग्यता मिल्ने र रोकिएको धन हात पर्नेछ, तर कमजोर बृहस्पति र शनिको अन्त्य साढेसातिले गर्दा झुटा आरोप लाग्ने, धनमालको क्षति हुने, शत्रु बढ्ने र स्वास्थ्यमा समस्याहरू आउन सक्ने देखिन्छ । यदि जन्म जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह शुभ र बलवान हुने हरूले भने नराम्रा फलको सामना गर्नु पर्दैन । वर्षको अन्त्य तिर अधुरा कामहरू पूरा हुन सक्छ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ लिन सकिएला । वैदेशिक व्यापार/व्यवसाय राम्रो भएर जानेछ । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ भने वर्षको उत्तरार्धमा कृषि, पशु र पर्यटकीय क्षेत्रको लगानी फलदायक हुनेछ । सेयरबजारमा लगानी गर्नेहरू भने सचेत रहनुपर्छ । वैशाख र भाद्र महिनामा धनमाल हराउन सक्छ सजग रहनु होला । आर्थिक दृष्टिकोणले असार, असोज, र मंसिर महिना शुभ रहनेछन् ।

प्रेम/सम्बन्ध
यो वर्ष नयाँ व्यक्तिहरू सँगको सम्बन्धमा सफलता मिल्नेछ । प्रेम सम्बन्धलाई अगाडि बढाउनु राम्रै हुनेछ । असोज महिनामा नयाँ व्यक्तिसँग नयाँ सम्बन्धको सुरुवात हुन सक्छ । साउन र माघ महिनामा प्रेमी र प्रेमिकाका घर परिवारबाट केही अप्ठ्यारा परिस्थितिहरू पनि सिर्जना हुनसक्छ । आफन्त, दाजुभाइ तथा घरपरिवारसँगको विवाद भने समाप्त हुनेछ ।

शिक्षा
यो वर्ष शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । वर्षको सुरुमा शिक्षाक्षेत्र त्यति राम्रो नरहे पनि साउनबाट भने राम्रै रहन सक्छ । स्वास्थ्य, आई. टी. र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । व्यवस्थापन र भाषाका शिक्षार्थीहरूलाई भने यो वर्ष कमजोर सावित हुनसक्छ । शैक्षिक क्षेत्रबाट भाद्र र फागुन महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष विशेष गरि वैदेशिक क्षेत्रका काम बन्ने र नयाँ रोजगारीको राम्रो अवसर मिल्नेछ । निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ । सञ्चार, चालक र सौन्दर्य पेशामा आवद्ध व्यक्तिहरूलाई अधिक सफलता मिल्नेछ । शेयर बजार र संयुक्तरुपमा गरिएको लगानी भने फलदायी नहुन सक्छ ।
स्वास्थ्य
यो वर्ष शनिको अन्त्य साढेसातिले गर्दा यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ । स्वास्थ्यमा नयाँ समस्या बढ्न सक्नेछ । खानपिनमा पनि विचार पुर्याउनु आवश्यक छ । शरीरले दु:ख पाउने र घर परिवारको स्वास्थ्यमा थप खर्च बढ्नेछ । त्यसैले सबैको स्वास्थ्य प्रति सचेत रहनु होला ।

शुभ रङ्ग
निलो, सेतो, खरानी, र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ६ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
बृहस्पति र शनिको नकारात्मक प्रभावबाट बच्न प्रत्येक शनिबार पिपलको बोटमा जल चडाउने, दुर्गाजीको दर्शन, पूजा र उपासना गर्नाले साथै बृहस्पति र शनिको ग्रहपूजा, जप र हवन गराउनाले ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । पद र प्रतिष्ठा प्राप्तिका लागि दैनिक रोगीलाई सेवा गर्नाले राम्रो हुनेछ । जन्म दिनमा पिपलको वृक्षारोपण गर्नाले पनि ग्रह वाधा कम हुनेछ । प्रत्येक दिन गुरु तथा माता पिताको आशीर्वाद लिई सत्य बोल्दिनाले पनि चाँडै सफलता अवश्य पाइनेछ ।

साभारः हाम्रो पात्रो