मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

मेष राशि हुनेहरूको लागि यो वर्ष माध्यम नै रहनेछ । वर्षभरि नै एकादश शनिले आय आर्जनमा सुधार हुने र धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ । सातौँ बृहस्पति र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ । बृहस्पति र राहुको नकारात्मक प्रभावबाट बच्न उपाय गर्दा राम्रो हुनेछ, अत: मिश्रित वर्ष रहनेछ ।

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ । जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ, तर कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । सेयर बजार चै त्यति राम्रो नहोला । आर्थिक दृष्टिले असर, असोज, माघ र फागुन महिना बढी सकारात्मक हुनसक्छ ।

प्रेम/सम्बन्ध
यो वर्ष प्रेम सम्बन्धको लागि नयाँ प्रेम सम्बन्ध स्थापित हुन सक्छन्, तर प्रेम सम्बन्धलाई परिवारले समर्थन बनाई राख्न भने गाह्रै पर्ला । घर परिवारमा हुने शुभ तथा माङ्गलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, यो वर्ष शत्रुसँग सम्बन्ध सुल्झन पनि सक्छ ।

शिक्षा
यो वर्ष शिक्षाको लागि सफल र फलदायी नै रहने भएकाले नतिजा राम्रो पाइनेछ । पढाई लेखाइको लागि विदेश जाने योग पनि छ । प्राविधिक र व्यवस्थापनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ । सामाजिक र गणित विषय भने कमजोर रहनसक्छ ।

पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार प्राप्तिको राम्रो योग रहेको छ । सुरक्षा, शिक्षा, वैदेशिक, तथा राजनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ, तर अपजसको सामना भने गर्नुपर्ला । आश्विन महिनाबाट वैदेशिक कार्य भने बन्न सक्छ योग छ ।

स्वास्थ्य
वर्षको सुरुका दिनमा स्वास्थ्यमा समस्या आउन सक्छ, तर उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोग काम हुन सक्छ । राहुको कारणले चोट पटकको कारणले अस्पताल सम्मको यात्रा पनि गर्नुपर्ला । स्वास प्रस्वास र वायु विकारको समस्या बढ्न सक्ने भएकाले आफ्नो खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

शुभ रङ्ग
सेतो, खैरो, पर्पल र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ७, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
बिहीबार विष्णु भगवानको दर्शन, पूजा आरधना र उपासना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । प्रत्येक बिहीबार विष्णु भगवानको मन्दिरमा दियो बाल्ने र असहायलाई सहयोग गर्दा राम्रो हुनेछ । बृहस्पति र राहुको शान्ति गर्ने र पिपलको वृक्षारोपण गर्नाले पनि ग्रह पीडा कम हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।

साभारः हाम्रो पात्रो