सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सिंह राशि हुनेहरूका लागि यो वर्ष शुभ फल मिल्नेछ । यश, कृति, लाभ, विजय, वाक्सिद्धि र आफन्तको सहयोग मिल्नेछ । बृहस्पति र केतुको बृहस्पतिको प्रभावले जातकहरूलाई गरेको कार्यबाट सफलता दिलाउनेछ । शनि र राहुको कारणले भने उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ, तर जन्मकुण्डलीमा शनि राम्रो अवस्था भए शुभ फल मिल्ने, विद्या र बुद्धिको विकास हुने र चमत्कारी ढङ्गले सफलताहरू पाइनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । शिक्षा, सजावटी, पर्यटन, जग्गा जमिन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । अन्य व्यापार व्यवसाय भने सामान्य नै रहने छ । आर्थिक दृष्टिले जेठ, असार, मंसिर र माघ महिनामा बढी लाभ हुनेछ ।

प्रेम/सम्बन्ध
प्रेम र मित्रताको बन्धनमा र दाम्पत्य जीवनमा विश्वासको कमी हुनसक्छ, अत: पूरा कुरा बुझेर मात्र अघि बढ्नु होला । सिंह राशिका जातकहरूले वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ या शनि र राहुको कारणले भने नजिकैका व्यक्तिहरूसँग असमझदारी बढ्नसक्छ ।

शिक्षा
सामाजिक र विज्ञान विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ । इन्जिनियर र स्वास्थ्य विषय तथा शिक्षाको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो देखिन्न, अत: शिक्षामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ ।

पेशा/रोजगार
यो वर्ष सरुवा र बढुवाको योग बनेको छ । नयाँ कार्यको थालनी हुने र लगानी गरेको ठाउँबाट राम्रो सफलता पाइनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । पहिरन, सञ्चार, विलासिता तथा मनोरञ्जन पेशामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । तरल पदार्थ र पर्यटनको क्षेत्रमा गरेको लगानीले भने लाभ नहोला ।

स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । चोटपटकको भए रहनेछ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, अत: खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । पेट र प्रजननमा पनि सामान्य समस्या बढ्न सक्छ ।

शुभ रङ्ग
गुलाबी, निलो, रातो, पहेँलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ५, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक शनिबार हनुमान चालीसाको पाठ, भैरवजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई समृद्धि मिल्नेछ । असहायलाई खुसी पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्दिनाले पनि ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।

साभारः हाम्रो पात्रो