काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि १७ गतेसम्म आइपीओ निष्काशन खुला गर्ने भएको छ।

स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्न लागेको हो ।

७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख २६ हजार ८ सय ५४ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ता पाउने छन् । कम्पनीले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।