हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार दिउँसो बस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुईजना गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका वडा नम्बर ९ भालुखोलका ३३ बर्षीय सुकलाल स्याङतान र मोटरसाइकलको पछाडी सवार सोहि स्थानका ३४ बर्षीय सन्त बहादुर न्यासुर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट राईगाउँ तर्फ जाँदै गरेको बा ५ ख २९४ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको ना १६ प ४६६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक र पछाडी सवार दुईजना घाइते भएका हुन् ।

टाउको र शरिरको बिभिन्न भागमा चोट लागेर गम्भिर घाइते भएका दुबैलाई उपचारको लागी हेटौडा ल्याईको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।