काठमाडौँ । काठमाडौँका निश्चल तामाङ र मकवानपुरकी अन्जिता स्याङतान दोस्रो बागमती प्रदेश खेलकुदको उसुमा बिहीबार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । निश्चल पुरुषतर्फ र अन्जिता महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ८ रजत र २ कांस्य पदकसहित ललितपुर टिम च्याम्पियन बन्यो । ५ स्वर्ण, ३ रजत र ५ कांस्य जितेको काठमाडौँ दोस्रो भयो । तेस्रो स्थानको सिन्धुपाल्चोकले ५ स्वर्ण, २ रजत र २ कांस्य हात पार्यो ।

प्रतियोगितामा १२ जिल्लाका २ सय ५० जना खेलाडी सहभागी थिए । सहभागी खेलाडीले २३ वटा स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । मकवानपुरले ३, रामेछापले २ तथा भक्तपुर, काभ्रेपलान्चोक र सिन्धुलीले १–१ स्वर्ण पदक जिते ।