हेटौंडा । दोस्रो बागमती प्रदेश खेलकुदको अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबलमा मकवानपुर च्याम्पियन भएको छ ।

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको फाइनलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन भएको हो । खेलको निर्धारित समय १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट मार्फत भएको थियो ।

पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित रच्यो । दुवै तर्पmबाट पहिलो पेनाल्टी प्रहार सफल हुन सकेन । मकवानपुरका निर्मल बल र काठमाडौंका खेमराज तामाङको प्रहार गोलमाथि परिणत हुन सकेन ।

तर, मकवानपुरले त्यसपछिको प्रहारमा गोल गर्दा काठमाडौंको तीन प्रहार मात्र गोलमा परिणत भयो । मकवानपुरका विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रीतम स्याङ्बोले गोल गरे । काठमाडौंका लागि वाङ गुरुङ, कब्बु कन्दवा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो । तर, चौथो पेनाल्टी प्रहार गर्न आएका काठमाडौंका विवेक राईको प्रहार बाहिरिएसँगै मकवानपुरले स्वर्ण जित्यो । चितवनका कप्तान प्रीतम स्याङ्बो उत्कृष्ट खेलाडी घोषित भए ।