हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौंडा–११ नवलपुरचोकमा भएको सवारी दुर्घटनामा एकजना घाइते भएका छन ।

मोटरसाइकल चालक बसामाडी बस्ने २४ बर्षिय रोशन कार्की घाइते भएका हुन । उनको अनुहार र टाउकोमा चोट लागेको छ भने टाउकोमा रगत जमेकोले थप उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

हेटांैडाबाट मनहरी जाँदै गरेको ना ६ ख ५८० नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०३–००४ प ७०२ न.को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल पछाडि आउँदै गरेको ना. ५ख १७५८ न.को बसको अगाडिको भागमा ठक्कर खाँदा मोटरसाइकल चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।