हेटाैडा । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट ग्राजुयट गरेकी छन् । उनले अर्बन प्लानिङ र आर्किटेक्चरमा ग्राजुयसन गरेकी हुन् ।

आफ्नो इस्टाग्राममा तस्वीरहरु राख्दै श्रृंखलाले खुशी सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘मलाई अब आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ ।’

श्रृंखलाले आफ्नो सफलताको श्रेय परिवारलाई दिएकी छन् । परिवारनै आफ्नो सबैभन्दा ठूलो ‘चियरलिडर’ रहेको र आफूलाई कठिन समयमा साथ दिएको उखले लेखेकी छन् ।

‘म तपाईंहरुलाई धेरै माया गर्छु,’ श्रृंखलाले भनेकी छन् ।

श्रृंखलाको ग्राजुयसनमा भाग लिन बुवा विरोध खतिवडा र आमा मुनु सिग्देल अमेरिका पुगेका छन् । आमा र बुवासँगका तस्वीरहरुमा श्रृंखला निकै खुशी देखिन्छिन् ।