हेटौंडा । मकवानपुरमा अत्यधिक गर्मी बढेपछि बकैया गाउँपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने भएको छ ।

पालिकाले सूचना जारी गर्दैं यहि जेठ २१ गते आइतबारदेखि जेठ २७ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ । बकैया गाउँ शिक्षा समितिले बर्षे विदामा मिलान हुनेगरी बकैयाको सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको थियो ।

विद्यार्थीको पठनपाठन बन्द भएपनि विद्यालयको प्रशासनिक काम नियमित रुपमा सुचारु रहने बकैया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।