हेटौंडा । मकवानपुरमा बढ्दै गएको अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का सामुदायिक तथा निजी बिद्यालयहरु बन्द गरिने भएको छ । हेटौंडा–५ वडा कमिटीको बैठकले यही जेठ २१, २२ र २३ गते विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो केही दिनदेखि अत्याधिक गर्मी बढेकाले गर्मीका कारण विद्यार्थीहरुलाई अध्ययान गर्न असहज हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हेटौंडा–५ का वडा सदस्य ज्ञानु बहादुर थापाले बताए । हेटौंडा उपमहानगरपालिकाले भने बढी गर्मी हुने वडाहरुको आवश्यकताको आधारमा बिद्यालय बन्द गर्ने जिम्मा वडा तहलाई दिएको थियो ।