हेटौंडा । अत्याधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा रहेका सामुदायिक तथा नीजि विद्यालय तीन दिन बन्द गरिने भएको छ । पछिल्लो केहीदिन यता बढेको गर्मीका कारण विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरिएको ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । उनले सामाजिक संजाल मार्फत आइतवार, सोमवार र मंगलवार वडा नं. ४ मा रहेका सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

हेटौंडा–४ का जनप्रतिनिधि र शैक्षिक गुणस्तर सुधार समिति र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको थियो । त्यस्तै ४ नं. वडाले शिक्षाको सुधारको लागि बजेट विनियोजनको लागि सुझाव संकलन गर्ने वडा अध्यक्ष सिग्देलले बताए ।

गर्मी बढेसंगै मकवानपुरको बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नं. ५ ले पनि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।