

हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले पनि डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान संचालन गरेको छ ।
पालिका भित्र रहेका ९ वटै वडाहरुलाई परिपत्र गरिसक्यौँ मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले भने “वडा, गाउँ र टोल–टोलमा डेङ्गु नियन्त्रणका लागि सरसफाई, पानीको खाल्डो पुर्ने, झाडी हटाउने अभियान थालेका हौँ ।”
पालिका भित्र रहेका संघ संस्थाहरु, टोल विकास, सहकारी, वन उपभोक्ता समिती लगायत सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ । वडा कार्यालय र स्वास्थ्य संस्थाहरुले यस अभियानमा नेतृत्व गरी लामखुट्टेको बासस्थान नष्ट गरिने उल्लेख छ ।
डेङ्गु संक्रमणबाट बच्न सचेत र रहन मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सूचना समेत जारी गरेका छन् । अघिल्लो आर्थिक बर्षमा मनहरी गाउँपालिकाभित्र एकहजार ६१ जनामा डेङ्गु संङ्क्रमण पुष्टी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्