हेटाैँडा । वर्षासँगै आएको हावाहुरीले मकवानपुरको थाहा नगरपालिका-९ का १० परिवारको घर, गोठको छाना उडाएको छ ।

शनिबार बेलुका आएको हावाहुरीले सबैभन्दा बढी थाहा-९ माझगाउँका ४२ वर्षीय कर्णबहादुर बलामीको क्षति भएको छ । बलामीको २ वटा घरको जस्तापाताको छाना उडाउनुको साथै फर्निचर र खाद्यान्नमा पनि क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी सहायक निरिक्षक रमेशप्रसाद यादवले बताए।

हावाहुरीले गोपाल बलामी, घटोकप बलामी, जनकदास बलामी, बुद्धिबहादुर बलामी, कृष्ण बलामी, रमेश बलामी, राजन  बलामी, हेमकुमारी बलामी र ओमबहादुर बलामीको घरमाको क्षति पुगेको छ ।