हेटौँडा । हेटौँडा–६ चौघडास्थित चौघडा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विजयकुमार श्रेष्ठ पुनः सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिबार चौघडामा सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा त्रिविक्रम मानन्धर, सचिवमा तारानाथ चौलागाईं र कोषाध्यक्षमा शुभद्रा कोइराला चयन भएका छन् । संस्थाको सदस्यमा रामचन्द्र अधिकारी, राजकुमार कायस्थ, सुवोधकुमार भट्टराई, पुष्पाकुमारी जोशी र गोमा लामिछाने चयन भएका हुन् । त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा विजयकुमार हुमागाईं तथा सदस्यमा बुद्धरत्न मानन्धर चयन भएका हुन् ।
नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनका लागि अर्जुनप्रसाद चौलागाईंको संयोजकत्वमा रविन्द्रकुमार गौतम र भीमसेन पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन उपसमिति गठन गरिएको थियो । साधारणसभामा अध्यक्ष श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव अर्जुनप्रसाद हुमागाईंले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शुभद्रा कोइरालाले आर्थिक प्रतिवेदन र लेखा संयोजक सुवोधकुमार भट्टराईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाका अवसरमा ज्येष्ठ संस्थापक सदस्य ध्रुव कार्की, उत्कृष्ट ऋणी किरण झा र कुलराज श्रेष्ठ, उत्कृष्ट बचतकर्ता सुरज न्यौपाने र सुनिता पौडेल तथा २०८२ सालको एसइई परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने इच्छा श्रेष्ठ, सन्दिप चौलागाईं र सज्जित लामिछानेलाई सम्मान गरिएको थियो । बाल बचतकर्तातर्फ रोजा श्रेष्ठ र आदर्श थापा मगरलाई पनि पुरस्कृत गरिएको थियो ।
हेटौँडा–६ का वडाध्यक्ष एवम् संस्थाका शेयर सदस्य विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता तथा अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभामा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


भीमसेन पौडेल 








प्रतिक्रिया दिनुहोस्