हेटाैँडा। रुखमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर मकवानपुरको थाहा नगरपालिकामा एक जना युवकको मृत्युभएको छ ।

रुखबाट लडेर गम्भीर भएका मकवानपुरको थाहा नगरपालिका वडा नं. १ बाराहीचौरका उत्सव गोपालीको उपचारको क्रममा शनिबार बिहान मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

३० वर्षीय गोपाली शुक्रबार साँझ घरबाट करिब पाँच सय मिटर पूर्व सार्वजनिक चौरमा रहेको उत्तिसको रुखमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट करिब २० फिट तल खसी घाईते भई उपचारको लागी ट्रमा सेन्टर काठमाडौँ लगेकोमा थप उपचारको लागी पाटन अस्पताल ललितपुरतर्फ पठाइएको थियो ।

गोपालीको उपचारको क्रममा शनिबार बिहान ३ः३० मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए।

टाउकोमा भित्री चोट, दुवै कानबाट रगत बगिरहेको र गम्भीर अवस्थामा उपचारका पाटन अस्पताल ललितपुर लगिएको प्रहरीको भनाइ छ ।