हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मान बहादुर सिंतान विजयी भएका छन् ।
मतपरिणाम अनुसार सिंतान ९८६ मत सहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पोस बहादुर घिमिरेले ८२९ मत ल्याए । यसैगरि,नेकपा एमालेका उम्मेद्वार पुर्ण प्रसाद तिमलसिनाले ७ सय ८ मत ल्याउँदा राप्रपाका जित लाल भोम्जनले ८० मत ल्याए ।













प्रतिक्रिया दिनुहोस्