हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका राम थापा विजयी भएपछि हेटौंडामा विजय जुलुस निकालिएको छ । थापाका समर्थकहरुले हेटौंडामा विजयी जुलुस निकालेका हुन ।

२ हजार ८३ मत प्राप्त गरी थापा वडाध्यक्षमा विजयी भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार थापाका प्रतिद्वन्द्वी नेकपा एमाललेका तर्फबाट उम्मेदवार बोल बहादुर कार्कीले १ हजार ९ सय ६८ मत प्राप्त गरे । कार्की थापासँग १ सय १५ मतान्तरले पराजित भएका हुन् । वडामा ४ हजार ४ सय ११ मत खसेको थियो ।

यस्तै वडा सदस्यमा नेकपा एमालेबाट मञ्जु भुर्तेल र राजु मोक्तान विजयी हुँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गोरखनाथ राय र दलित महिलामा जनता समाजवादी पार्टी (जसपा) की रिता सार्की निर्वाचित भएका छन् ।