हेटौंडा । हेटौंडा ४ हुप्रचौरमा जारी निरज श्रेष्ठ स्मृति जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा आइतबार भएको दोस्रो खेलमा हेटौंडा एकेडेमी विजयी भएको छ । सिद्धार्थ शिशु सदनलाई ३ विकेटले पराजित गर्दै हेटौंडा एकेडेमी विजयी भएको हो ।
हेटौंडा एकेडेमीले टस जितेर सिद्धार्थ शिशु सदनलाई व्याटिङको निम्तो दिएको थियो । सिद्धार्थ शिशु सदनले १५ ओभरमा अल आउट हुँदै १ सय ४५ रन बनाएको थियो । सिद्धार्थका लागि अर्जुन चौधरीले २९ रन, अनिश महतो र अभिषेक कठायतले समान २६ रन बनाए ।
१४६ रनको लक्ष्य पछाउँदै व्याटिङ थालेको हेटौंडा एकेडेमीले १७ ओभर २ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । हेटौंडा एकेडेमीका लागि आदित्य यादवले ४२ रन, ज्योतिष कुमार साहले ३४ रन र लालबाबु अलीले २३ रन बनाए । म्यान अफ द म्याच हेटौंडा एकेडेमीका आदित्य यादव घोषित भए ।












प्रतिक्रिया दिनुहोस्