हेटौंडा । प्रत्येक कर्मचारी कार्यालयमा उपस्थित हुँदा नेपाल सरकारले तोके वमोजिमको पोशाक र परिचयपत्र लगाउनुपर्ने व्यवस्था भएपनि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडामा भने त्यस्तो पाइदैन । कार्यालय पुग्दा कर्मचारी वा सेवाग्राही हुन भनेर छुट्याउनै मुस्किल हुने गरेको छ । आइतवार हेटौंडामा रहेको निर्देशनालय पुग्दा कर्मचारीहरु फेसन गर्न आएका जस्तै देखिन्थें ।

सरकारी कार्यालयमा रहँदा सरकारी नियम अनुसारको पोशाक र परिचयपत्र लगाउनुपर्ने भएपनि कर्मचारी फेसेनेवल ड्रेसमा भेटिएका हुन । कार्यालय प्रमुख समेत एक कार्यक्रममा सहभागि हुन अन्य जिल्ला गएको बेला कर्मचारी आफ्नै मनोमानि गर्दै गरेको एक सेवाग्राहीले बताए । पहिले त उहाँहरु पनि सेवाग्राही नै जस्तो लागेको थियो, उनले भने पछि थाहा पाए उहाँहरु पनि यहीको कर्मचारी हुनुहुदो रहेछ ।

कार्यालयका केही कर्मचारीले कार्यालय पोशाक लगाएपनि परिचयपत्र भने नलगाएको पाइएको हो । केही यस्ता कर्मचारीले इमान्दारीपूर्वक काम गर्ने कर्मचारीको मनोवल भने घटाउने गरेको छ ।

निर्देशनालय हेटौंडामा कार्यरत पशु विकास अधिकृत डा.सविना मिश्र, पशु स्वास्थ्य प्राविधिक निरा बस्नेत लगायतका कर्मचारी आउट ड्रेसमा कार्यालयमा थिए । उनीहरुले परिचयपत्र पनि लगाएका थिएनन् । कार्यालयमा कार्यरत अन्य कर्मचारीले समेत कार्यालयको परिचयपत्र नलगाएको भेटिएको हो ।

कार्यालय पोशाक र परिचयपत्र नलगाएकी डा सबिना मिश्रले सटमा आइरन गर्न नभ्याएको भन्दै आउट ड्रेसमा आएको प्रतिक्रिया दिइन । त्यस्तै निरा बस्नेतले लुम्बिनी प्रदेशमा पशु स्वास्थ्य प्राविधिकको परीक्षा दिन गएको र त्यहीबाट सिधैं कार्यालय आएकाले सरकारी पोशाक लाउन नभ्याएको प्रतिक्रिया दिएकी छिन भने रामहरी शर्मा पनि एक कार्यक्रमबाट फर्कदा कार्यालय छिरेकाले आउट ड्रेसमा आएको प्रतिक्रिया दिए ।

यता कार्यालयका निमित्त प्रमुख पशु चिकित्सक डा.अमिक श्रेष्ठले कार्यालय पोशाक अनिवार्य लगाउनुपर्ने प्रतिक्रिया दिए । उनले दुइजना बाहिरबाट आएको र एकजना स्कुटरमा आएकाले आउट ड्रेसमै आएको स्वीकार गरे । सरकारी पोशाक सरकारी कर्मचारीको शान भएको स्मरण गर्दै आफुले सधैं सरकारी पोशाक लाउने गरेको प्रतिक्रिया दिए ।